१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रचण्डले गरे पार्टि एकिकरणको खुलासा !



रुपन्देही, २५ साउन ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टिबाट बाहिरिएका नेताहरु मोहन बैद्य, बाबुराम भट्टराई तथा विप्लव संग एकिकरणको छलफ चलिरहेको खुलासा गर्नुभएको छ । स्थानीय तहको चुनावमा माओवादी केन्द्रले सोचे अनुसारको परिणाम प्राप्त नगर्नुका पछाडि पार्टी विभाजन र सांगठनिक अस्तव्यस्तता रहेको प्रचण्डले दाबी गर्नुभयो । यहि कारणले पनि पार्टि एकिकरणको काम भैरहेको उहाले बताउनुभयो ।
साथै उहाले एक हप्ताभित्र प्रदेश सभा र प्रतिनिधिसभा चुनावको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताउनुभएको छ । प्रेस सेन्टर रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मंसिरको दोश्रो हप्ताभित्र प्रदेश सभा र प्रतिनिधि सभाको चुनाव एकैपटक हुने बताउनुभएको हो ।
प्रदेश सभा र प्रतिनिधि सभा चुनाव एकै पटक गर्न नसकिने भनेर निर्वाचन आयोगले प्राविधिक समस्या देखाइरहेको बताउँदै पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका प्रचण्डले प्राविधिक समस्यालाई कम गर्न बढी मतदाता भएको ठाउँमा चुनावको बुथ थप गर्न तथा प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिकको मत पत्र एउटै बनाउन सकिने सुझाव दिनुभयो ।
राजपा चुनावमा नआउनु राजपाकै लागि आत्मघाति निर्णय हुने भन्दै संविधान संशोधनको विधेयकलाई संसदमा निर्णयार्थ प्रस्तुत गर्ने सरकारको तयारी रहेको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  ८ : ५२ बजे