१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पुन भन्नुहुन्छ, ‘संबिधानले पूर्ण अधिकार दिन सकेन ’



सरिता थारु, कपिलवस्तु २४ साउन ।
नेपाल मगर सघंका केन्द्रिय सदस्य धनबहादुर पुनले नेपालको संविधान २०७२ ले आदीवासी जनजातिहरुको हक अधिकारलाई पुर्णरुपमा सुनिश्चित गर्न नसकेको दाबी गर्नु भएको छ । केहि आंशिक रुपमा मात्र आदीवासीहरुका अधिकार लेखेकाले यस संविधानलाई संशोधन गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो ।
उहाँले पहिचान सहितको १० प्रदेश र पुर्ण समानुपातिक निर्वाचन प्रणाली आफ्नो मुख्य माग रहेको बताउनुभयो । तर नेपाल सरकारले अझै सम्म आदीवासी जनजातीका मागहरुलाई सम्बोधन नगर्नु दुखद कुरा भएको बताउनुभयो ।
नेपाल आदीवासी जनजाति महासघं कपिलबस्तुले आयोजना गरेको २३ औ विश्व आदीबासी दिवस तथा नवनिर्वाचित आदीवासी जनप्रतिनिधीहरुलाई सम्मान कार्यक्रममा यस्तो बताउनु भएको हो ।
कार्यक्रममा बाणगंगा नगरका नगर प्रमुख मंगल प्रसाद थारुले स्थानीय निकायको निर्वाचनमा आदीबासी जनजातीहरुले २५ प्रतिशत जित हांसिल गरेको बताउनुभयो । उहाले निर्वाचित जनप्रतिनीधिहरु जुनसुकै पार्टीको भए पनि आदीवासी जनजातिको हकअधिकार सुनिश्चित गर्नको लागि सबै एक जुट हुनुपर्ने बताउनुभयो ।
सोहि कार्यक्रममा इलाका प्रशासन कार्यालय जितपुरका प्रमुख विष्णु घर्तीले जिल्लाका आदीवासी जनजातिहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्दै आदीवासी जनजातिहरु शिक्षामा सचेत हुनु पर्ने बताउनुभयो । उहाँले शिक्षामा सचेत भए मात्र अधिकार सुनिश्चित हुने बताउनुभयो ।
कार्यक्रममा जिल्लाका आदीवासी जनजातिका नवनिर्वाचित प्रतिनिधीहरुलाई सम्मानपत्रले सम्मान गरिएको थियो । त्यस्तै नेकपा एमालेका प्रदेश कमिटी सदस्य कृष्ण पौडेल, नेपाली कांगेसका प्रतिनिधी रविराज आचार्य, नयाँ शंक्ति पार्टीका जिल्ला संयोजक नारायण खनाल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी, विभिन्न जातिय घटकका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम महासघंका जिल्ला अध्यक्ष विमल सारु मगरको अध्यक्षता, सचिव जलेश्वर प्रसाद थारुको संचालनमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २५ श्रावण २०७४ बुधबार ००:००  २ : २३ बजे