१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

त्रिविका आंशिक प्राध्यापकद्धारा ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी



काठमाडौं, २६ साउन ।
अठार दिनदेखि अनसन बस्दा पनि माग पूरा नभएपछि आंशिक प्राध्यापकले बिहीबार त्रिभुवन विश्वविद्यालयका ६० वटै आंगिक क्याम्पसमा तालाबन्दी गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयका सबै आंगिक क्याम्पसका प्रमुख, लेखा शाखा र प्रशासन शाखामा तालाबन्दी गरिएको आंगिक प्राध्यापक संघका अध्यक्ष शशीकुमार शर्माले जानकारी दिनुभयो । बिहीबारदेखि आंशिक प्राध्यापकले पठनपाठन पनि बहिष्कार गरेको उहाँले बताउनुभयो ।
वर्षौदेखि आंशिक रुपमा पढाइरहेका प्राध्यापकलाई करार नियुक्त गर्नुपर्ने लगायत माग राखेर आंशिक प्राध्यापकले १८ दिनदेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय बाहिर रिले अनुसन बसिरहेका छन् । यसैबिच नेकपा एमालेले त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकका मागमा ऐक्यबद्धता जनाएको छ ।
एमालेको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले आन्दोलनरत दुवै पक्षसँग वार्ता गरी तत्काल माग पूरा गर्न सरकारसँग माग गरेको सचिव रमेश सिलवालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २६ श्रावण २०७४ बिहिबार ००:००  ३ : ०८ बजे