१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

सुष्मा स्वराजको नेपाल आगमन- पाँच नम्बर प्रदेश टुक्रने निश्चित !



मायादेवी अनलाइन, काठमाडौं, २७ साउन ।
सरकार र राष्ट्रिय जनता पार्टीबीच बसेको बैठकले लामो समयदेखि संसदमा अड्किएको संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेश गर्ने सहमति गरेको छ । राष्ट्रहित विपरित रहेको संबिधान संशोधनलाई निणयार्थ पेश गर्ने सहमती भएको हो । यो संगै नेपालको राजीनितीले फरक मोड लिएको छ ।
अझै अर्को कुरा यो छ कि राजपा एकाएक किन संबिधान संशोधनको पक्षमा आयो भन्ने ? बिहीबार नेपाल आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राजपाका नेताहरुलाईै भेटेर जसरी हुन्छ चुनावमा जान आग्रह गरेकी थिइन । भारतको नाङ्गो आग्रह पछि राष्ट्रघाती संबिधान संशोधन प्रस्ताव पेश हुने लगभग पक्का पक्की जस्तै भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि संविधान संशोधन प्रस्ताव पास वा फेल जे भएपनि राजपा चुनावमा सहभागी हुन तयार भएको हो ।
राजपा अध्यक्ष मण्डलका सदस्य शरदसिंह भण्डारीले दिएको जानकारीअनुसार मन्त्रिपरिषद्बाट अगाडि बढाउनुपर्ने विषय छिटो टुंग्याउने र संविधान संशोधनलाई अगाडि बढाउने दुई पक्षबीच सहमति भएको छ ।
रापपाले संविधान संशोधन, स्थानीय तहको संख्या वृद्धि नभएसम्म चुनावमा नजाने अडान लिँदै आएको थियो । बिहीबार मात्रै सर्वोच्च अदालतले सरकारले स्थानीय तहको संख्या थपको निर्णय कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश खारेज गरेको छ । जसलाई राजपाले स्वागत समेत गरेको थियो । संविधान संशोधन संसदबाट पास भए संगै पाच नम्बर प्रदेश टुक्रने प्राय निश्चित जस्तैछ ।

 

प्रकाशित मिति : २७ श्रावण २०७४ शुक्रबार ००:००  १० : २८ बजे