१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पहिरोका कारण पूर्व–पश्चिम राजमार्ग अबरुद्ध



वृजराज कुशहवा नवलपरासी साउन २८ ।
अबिरल वर्षाका कारण आएको पहिरोले नवलपरासीको दाउन्नेमा आवागमन अबरुद्ध भएको छ ।
शुक्रबार राति १० बजेदेखि अवरुद्ध बनेको पूर्व–पश्चिम राजमार्ग खुलाउने प्रयास भइरहेको नवलपरासी प्रहरीले जनाएको छ । बर्दघाट एस मोडबाट दाउन्ने उकालोसम्म धेरै ठाउँमा पहिरो गएकाले बाटो अबरुद्ध भएको हो ।
पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम गन्तव्यका लागि हिँडेका गडी बर्दघाट र दुम्किबासमा रोकिएका छन् ।
बाटोमा रोकिएका यात्रुले खानेकुरा र पानी नपाएर भोकभोकै बस्नु परेको बताएका छन् । यस्तै लगातारको वर्षाका कारण नारायणीसहित जिल्लाका विभिन्न नदीमा पानीको सतह बढेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  ३ : ५६ बजे