१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

बाढीका कारण बाँकेमा चारजनाको मृत्यु, एक बेपत्ता



नेपालगन्ज, साउन २८  । अबिरल वर्षापछि आएको बाढीका कारण घर भत्किँदा बाँकेको राप्ती सोनारी गाउँपालिका–४ लालापुरमा एकैघरका तीनजना बालिकाको ज्यान गएको छ । कमिलाल थारुका १२, ९ र ७ वर्षका छोरीको घर भत्किँदा च्यापिएर ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कमिलालकी श्रीमती पनि बेपत्ता हुनुभएकोे छ । यसैगरी त्यही स्थानको मकैबारीमा एकजना पुरुषको बेवारिसे शव पनि भेटिएको छ । बाढीबाट जोगिन घरको छतमा बसेका उनीहरु घर नै भत्केपछि च्यापिएका हुन् ।
राप्ती सोनारी ६ र ७ पुरै डुबानमा परेको छ । १ देखि ५ सम्मका वडापनि बाढीले प्रभावित भएका छन् । बाढीमा फसेका मानिसको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । सबै स्थानमा अहिलेसम्म सुरक्षाकर्मी पुग्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलका अनुसार उद्धारका लागि मोटरबोट प्रयोग गरिएको छ । डुडुवा ४ र ५ मा डुडुवा खोला पसेको छ ।
राप्ती नदी किनारका होलिया, फत्तेपुर, कचनापुर, बिनौना र बैजापुरमा बाढीमा फसेका नागरिकलाई हेलिकप्टर मार्फत उद्धार गरिने तयारी भएपनि मौसमले साथ दिएकोे छैन् । बाढीले नेपालगन्ज, कोहलपुर पनि डुबानमा छ । कचनापुको टिकुलीपुर गाउँ डुबानमा परेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  ५ : १८ बजे