१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मुग्लिन नारायणगढ सडकमा ठाउँ ठाउँमा पहिरो, गाडी रोक्ने तयारी



चितवन, २८ साउन ।
नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत मुग्लिनदेखि कालीखोलासम्म ठाउँ ठाउँमा पहिरो खस्ने क्रम नरोकिएपछि गाडी चलाउन रोक्ने तयारी भइरहेको छ ।
लगातार पानी परिरहेपछि ठाउँ ठाउँमा पहिरो खसिरहेकाले जोखिम बढेको भन्दै गाडी सञ्चालन तत्कालका लागि रोक्ने विषयमा छलफल भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले जानकारी दिनुभयो ।
पहिरोको जोखिमलाई हेरेर पानी नरोकिएसम्मका लागि यस्तो छलफल अघि बढाइएको उहाँले बताउनुभयो । मुग्लिनदेखि काली खोलासम्मको सडकमा माथिबाट ढुंगा खसिरहेकाले अहिले त्यस क्षेत्रमा यातायात अवरुद्ध भएको छ ।
राधेश्याम खतिवडा, उज्यालो

प्रकाशित मिति : २८ श्रावण २०७४ शनिबार ००:००  १० : ५९ बजे