१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

गण्डक नहरको बाँध भासियो, भारतीय पक्षद्वारा नहरको पानी बन्द



वृजराज कुशवाहा, नवलपरासी, २९ साउन ।
नवलपरासीमा रहेको गण्डक नहरको बाँध भासिएपछि भारत जाने गण्डक नहरको पानी बन्द गरिएको छ ।
प्रतापपुर गाउँपालिका–८ सुरजपुराको एक किलोमिटर उतरतर्फ ४२ आरडीमा नहरको पूर्वी बाँध भासिएपछि भारतीय पक्षले नहरको पानी आइतबार बिहान साढे सात बजेदेखि बन्द गरेको हो ।
गण्डक नहरको पानी बन्द गरिएपछि सुरजपुरामा रहेको १५ मेगावाट उत्पादन क्षमताको गण्डक जलविद्युत गृह ठप्प भएको छ । यसैबिच नारायणी नदीमा पानीको बहाब बढ्न थालेको जलस्तर मापन केन्द्र वाल्मिकिनगरले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  २ : ५८ बजे