६ बैशाख २०८१, बिहिबार | Fri Apr 19 2024

वाढीपहिरोले मुसिकोट र वढीगाढ अन्धकारमा



शिवलाल सुवेदी, गुल्मी २९ साउन ।
लगातार परेको अविरल बर्षाका कारण जिल्लाको मुसिकोट नगरपालिका र छिमेकी जिल्ला वाग्लुङ्गको बढीगाढ गाउँपालिका अन्धकार भएको छ । ३ दिनदेखि परेको बर्षाका कारण जिल्लाको मुसिकोट नगरपालिकाको वडा नं ७ मा रहेको दरमखोला लघुजलविद्युत् परियोजनाको नहर पहिरोले बगाएपछि परियोजना अवरुद्ध भएको छ ।
नेपालकै ठुलो लघुजलबिद्युत परियोजनाको नहर पहिरोले बगाएपछि परियोजना बन्द हुदाँ मुसिकोट र वढीगाढका केही वडाहरु अन्धकार भएका हुन । ८५ किलोवाट क्षमता भएको सो लघु जलविद्युत् परियोजना अवरुद्ध भएसँगै मुसिकोट नगरपालिकाको वडा नं २, ७, ८ र छिमेकी जिल्ला बागलुङको वडिगाड गाउँपालिकाको वडा नं ३ गरी चार वडाका करिव ९ सय घरधुरीका उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् अवरुद्धपछि कलकारखाना, उद्योगधन्दा, सञ्चार क्षेत्र समेत प्रभावित भएको स्थानीय लोकप्रसाल छन्तेलले जानकारी दिए । छन्तेलका अनुसार बिद्यृत नभएपछि मुसिकोट नगरपालिकाको वामीमा रहेको रेडियो पुष्पाञ्जली र वढीगाढ गाउँपालिकाको खरर्वाङ्गमा रहेको रेडियो सारथी समेत बन्द भएको छ ।
अविरल वर्षाका कारण बसेरीमा झण्डै २ सय मिटरमाथिबाट खसेको पहिरोले नहरको बाँध भत्काएर पुरेको हुँदा विद्युत् अवरुद्ध भएको विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए । परियोजनाको नहरमा धेरै क्षती भएकाले विद्युत् नहरको निर्माणकार्य तथा मर्मत संहार गरी सञ्चालन गर्न केही करिव एक साता लाग्ने समिती अध्यक्ष मल्ले बताए । यस्तै बर्षाका कारण जिल्लाका ग्रामिण क्षेत्रका सड्कहरु समेत अवरुद्ध भएका छन । शनिवार बिहानदेखि सडकहरु अवरुद्ध हुदाँ गन्तब्यका लागि हिडेका यात्रुहरुलाई समस्या भएको छ भने सयौ सवारीका साधनहरु बिच वाटोमै अलपत्र परेका छन ।

 

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ४ : २९ बजे