१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बाढी पहिरोको वितण्डा, ४३ जनाको मृत्यु, कयौँ वेपत्ता



काठमाडौं, २९ साउन ।
बाढी पहिरोका कारण अहिलेसम्म ४३ जनाको ज्यान गएको छ । सुनसरीमा ९, मोरङमा ५, सिन्धुली र झापामा ४र४, सर्लाही, पाँचथर, सुर्खेत र बाँकेमा ३र३, बारा, बर्दिया र दाङमा २र२, पाल्पा, धनुषा र मकवानपुरमा एकरएक जनाको ज्यान गएको प्रहरीले जनाएको छ । मकवानपुरमा सातजना बेपत्ता भएका छन् । बाढी पहिरोमा परी सयौँ विस्थापित भएका छन् । सरकारले बाढी पहिरो प्रभावितलाई तत्काल उद्दार गर्न निर्देशन दिए पनि लगातारको झरीका कारण कठिनाई भएको छ । तराईका धेरैजसो बस्ती डुबानमा परेका छन् । यस्तै बाँकी रहेका केही बस्ती पनि डुब्ने खतरामा रहेका तराईका उज्यालो सहकर्मीहरुले बताएका छन् । मोरङ, सुनसरी लगायत पूर्वी क्षेत्रमा अहिलेसम्म राहत र्पुयाउन नसकेको प्रहरीले जनाएको छ । सञ्चार सम्पर्क, बिजुली बत्ति र प्रहरीको सञ्चार सेटमा खराबी आउँदा उद्धारमा कठिनाई भइरहेको हो ।
पानी परिरहेकाले उद्दार टोली पनि प्रभावित भएका छन् । यस्तै बर्दियाका ८० प्रतिशत भन्दा बढी भूभाग डुबानमा परेका छन् । बाढीमा पानीको सतह बढिरहेकाले बाँकी क्षेत्र डुबानमा पर्ने जोखिम झनै बढेको छ । धुनषामा पनि चार सय घर डुबानमा परेका छन् भने एक सय घरमा क्षति भएको छ । सप्तरीमा पनि सैयौँ घर डुबानमा परेका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ४ : ३६ बजे