१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाढी पहिरोको वितण्डाले ज्यान गुमाउनेको संख्या ५०, अझै कयौँ वेपत्ता



काठमाडौं, २९ साउन ।
बाढी पहिरोका कारण अहिलेसम्म ५० जनाको ज्यान गएको छ । गृह मन्त्रालयले भने बाढी पहिरोमा परि ४० जनाको ज्यान गएको पुष्टि भएको जनाएको छ ।
अहिलेसम्म सुनसरीमा ९, रौतहटमा ६, मोरङमा ५, सिन्धुली र झापामा ४ र ४, सुर्खेत, सर्लाही, पाँचथर र बाँकेमा ३ र ३, बारा, मकवानपुर, दाङ र बर्दियामा २ र २, तथा पाल्पा र धनुषामा एकरएक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
मकवानपुरको बकैया गाउँपालिकामा बाढीले बगाउँदा एकै घरका ६ सहित सातजना सम्पर्क्बिहीन भएका छन् । बकैया गाउँपालिका १० मन्थलीमा शेरु खोलामा आएको बाढीले मंगल सिंह न्याचुरको घर बगाउँदा एकै परिवारका ६ जनासहित ११ जना हराइरहेका छन् ।
यस्तै बर्दियाका ९० प्रतिशत भन्दा बढी भूभाग डुवानमा परेका छन् । पानीको सतह बढिरहेकाले बाँकी क्षेत्र डुबानमा पर्ने जोखिम झनै बढेको छ । धुनषामा पनि सात सय घर डुबानमा परेका छन् । सप्तरीमा पनि सैयौँ घर डुबानमा परेका छन् ।
सरकारले बाढी पहिरो प्रभावितलाई तत्काल उद्धार गर्न निर्देशन दिएपनि लगातारको झरीका कारण कठिनाई भएको छ । टेलिफोन, बिजुली र प्रहरीको सञ्चार सेटमा खराबी आउँदा उद्धारमा कठिनाई भइरहेको हो । तराईका धेरैजसो बस्ती डुबानमा परेका छन् भने बाँकी रहेका केही बस्ती पनि डुब्ने खतरामा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ७ : ०० बजे