१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

शुक्रबार राती देखि बन्द दाउन्ने सडक सुचारु



नवलपरासी २९ साउन ।
नवलपरासीको दाउन्ने सडक सञ्चालनमा आएको छ । आइतबार दिउँसोबाट सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो । तीन दिनदेखि पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने यो सडकखण्ड अवरुद्ध भएको थियो ।
लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा पहिरो गएर सडक भासिएको छ । विभिन्न स्थानमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको थियो ।
विनयी—त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने दाउन्नेमा पहिरो गएपछि राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रुहरु अलपत्र परेका थिए । अहिले पालैपालो गाडी पठाउन सुरु गरिएको छ ।
शुक्रबार राति साढे १० बजेतिर बर्दघाट—४ एस मोड लगायतका ठाउँमा पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ९ : २२ बजे