१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

३ दिनका लागि नेपाल टेलिकमको निशुल्क एसएमएस सेवा



काठमाडौं, २९ साउन ।
बाढी पहिरोबाट पीडितहरुका लागि उद्धार र राहतमा सहज होस भन्दै नेपाल टेलिकमले तीन दिनको लागि एसएमएस सेवा निशुल्क गरेको छ ।
आइतबारदेखि साउन ३१ गतेसम्म नेपाल टेलिकमले आफ्नो नेटवर्क्भित्र एसएमएस सेवा निशुल्क गरेको नेपाल टेलिकमले जनाएको छ ।
सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा नेपाल टेलिकमले एसएमएस सेवा निशुल्क गरेको हो । टेलिकमको निशुल्क एसएमएस सेवाले बाढी पहिरो पीडितलाई सूचना आदान प्रदान गर्न सजिलो हुनेछ ।

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ४ : ४२ बजे