१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ५६ पुग्यो, ४० हजार घर डुबानमा



काठमाडौं, २९ साउन ।
मुलुकका विभिन्न भागमा परेको अविरल वर्षाका कारण गएको बाढी तथा पहिरोमा परेर मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।
प्रहरीका अनुसार विभिन्न जिल्लामा गरेर अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ । अहिलेसम्म ३९ जना बेपत्ता भएका छन् । बाढी तथा पहिरोमा परेर अहिलेसम्म ३३ जना घाइतेसमेत भएका छन् ।
प्रहरी प्रधान कार्यालयकाअनुसार सुनसरीमा ८ जनाको मृत्यु भएको छ । त्यसैगरी मोरङमा ६, झापामा ३, इलाममा १, पाँचथरमा १ गरी पूर्व क्षेत्रमा १९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी बाढी पहिरोमै परि मध्ये क्षेत्र रौतहटमा ८, सिन्धुलीमा ४, सार्लाहीमा ३, बारामा २, मकवानपुरमा २, चितवनमा २, धनुषामा १ गरी २३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी पश्चिम क्षेत्र पाल्पा र कपिलबस्तुमा गरी २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तैगरी मध्येपश्चिम क्षेत्र दाङमा ३ जना, बाँकेमा ३, सुर्खेतमा ३, बर्दियामा २, सल्यानमा १ जना गरी १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बाढी तथा पहिरोमा परेर देशभर २ हजार ५६९ वटा घर पूर्णरुपमा क्षति भएको छ भने ३९ हजार २७२ वटा घर डुबानमा परेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति : २९ श्रावण २०७४ आइतबार ००:००  ५ : ०१ बजे