७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मुग्लिन–नारायणगढ सडकखण्ड अबरुद्ध



काठमाडौं, ३० साउन ।
मुग्लिन–नारायणगढ सडकखण्ड फेरि अबरुद्ध भएको छ । आइतबार रातिसडकखण्ड अन्तर्गत ५ किलोमा पहिरो खसेपछि बाटो अबरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
लगातारको वर्षाका कारण ठाउँठाउँमा पहिरो गएपछि शुक्रबारदेखि अबरुद्ध भएको बाटो आइतबार बेलुका केहीबेर खुलेको थियो । तर पहिरो पन्छाएर खुलाएको केहीबेरमा नै फेरि अर्को पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड अबरुद्ध भएको हो ।
यस्तै काठमाडौं–फर्पिङ हुँदै हेटौंडा निस्कने बाटो पनि पहिरोका कारण अबरुद्ध छ । बर्दिवासमा पुल भासिदा बिपी राजमार्ग पनि अबरुद्ध छ । बनेपा हुँदै पूर्व चल्ने गाडी अहिले चल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  १ : २५ बजे