१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाढी, पहिरोको वितण्डाबाट अहिलेसम्म ६६ जनाको मृत्यु



काठमाण्डौँ, ३० साउन ।
गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानका कारण अहिलेसम्म ६६ जनाको ज्यान गएको जनाएको छ । गृह मन्त्रालयका अनुसार बाढीपहिरोबाट २८ घाइते र ५३ जना बेपत्ता रहेका छन् । रौटहटमा नौ, सुनरसीमा आठ, मोरङमा ६, सिन्धुली र झापामा चाररचार, दाङ, बाँके, सर्लाही, मकवानपुर र सुर्खेतमा तीनरतीन, बर्दिया, बारा, पाँचथर, महोत्तरी, हुम्ला, बाग्लुङ र चितवनमा दुईरदुई तथा धनुषा, पाल्पा, इलाम र कपिलवस्तुमा एकरएक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी झापामा १४, रौटहटमा आठ, मोरङमा सात, सुनसरीमा ६, मकवानपुर र पाँचथरमा तीनरतीन, पर्सामा दुई तथा सप्तरी, सर्लाही, इलाम, धनुषा, बारा, सिन्धुली, धादिङ, नवलपरासी र बर्दिमा एकरएक जना बेपत्ता भएका छन् ।
विपदका कारण अहिलेसम्म एक हजार पाँच घरमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ । बाढीपहिरो तथा डुबानमा परेका व्यक्तिको खोज, उद्धार र राहत वितरणका लागि केन्द्रमा गृह मन्त्रालय र प्रभावित जिल्लामा जिल्ला प्रशासन कार्यालयमा कमाण्ड पोस्ट स्थापना गरी प्रतिकार्यका लागि समन्वय भइरहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । राहत वितरणका लागि प्रभावित २१ जिल्लामा एक करोड ९८ लाख रुपैयाँ निकासा गरिएको गृह मन्त्रालयले जनाएको छ । रासस

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  १ : २८ बजे