१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

पहिरोको कारण गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड अवरुद्ध



बिष्णुकुमार आले, ३० साउन ।
अबिरल बर्षाका कारण अर्घाखाँचीको नरपानी नजिकै पहिरो जादा गोरुसिङ्गे सन्धिखर्क खण्ड बिहान करिव ५ बजेदेखी अवरुद्ध भएको छ । सडकको माथीबाट पहिरो खसेर सडक बन्द भएपछी काम बिशेषले हिडेका यात्रुहरु अलपत्र परेका छन् ।
अहिले त्यस तर्फ सडक कर्मचारी र प्रहरी टोली पुगेर डोजरले पहिरो हटाउने प्रयास गरेपनी ठुलो पहिरो गएका कारण बाटो सुचारु हुन केही समय लाग्ने जनाईएको छ । सडक अवरुद्ध भएपछी दर्जनौ गाडीहरु रोकिएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  ३ : ०८ बजे