३ माघ २०८२, शनिबार | Sat Jan 17 2026

बाढी पहिरोमा परेर ७९ जनाको मृत्यु



काठमाडौं, ३० साउन ।
मुलुकका विभिन्न भागमा परेको अविरल वर्षापछि गएको बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ७९ पुगेको छ । प्रहरी प्रधान कार्यालयले तयार पारेको रेकर्डअनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या ७९ पुगेको हो । प्रहरीका अनुसार मोरङमा सबैभन्दा धेरै १४ जनाको मृत्यु भएको छ ।
त्यसैगरी सुनसरीमा ९, झापामा ७, पाँचथरमा २, ईलाममा १, त्यसैगरी महोत्तरीमा १, सर्लाहीमा ५, बारामा २, मकवानपुरमा ५, सिन्धुलीमा ४, चितवनमा ३, पर्सामा २, रौतहटमा ९, धनुषामा १, पाल्पामा १, कपिलवस्तुमा १, दाङमा ३, बाँकेमा ३, बर्दियामा ३, सुर्खेतमा ३ जना गरी ७९ जनाको मृत्यु भएको छ ।
त्यसैगरी बाढी पहिरोमा परि ५५ जना बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै विभिन्न जिल्लामा गरी २१ जना घाईते भएका छन् ।
त्यसैगरी करिव ३ हजार भन्दा बढी घर पूर्ण रुपमा क्षति भएका छन् भने ५० हजार भन्दा बढी घर डुबानमा परेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी बाढी पहिरोमा परि ३ हजार ७ सय ७ वटा चौपाया बेपत्ता भएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  ११ : ३८ बजे