१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अविरलको बर्षाले अर्घाखाँचीमा घर भत्कियो



बिष्णु कुमार आले, अर्घाखाँची, ३० साउन  ।
अविरल बर्षाका कारण सन्धिखर्क नगरपालीका वडा नम्बर ७ खाँचीकोट कालीचौर निवासी मोहन खड्काको कच्ची घर भत्किदा करिव ५ लाख बराबरको क्षेती भएको छ । आज दिउसो एक्कासी पुर्ण रुपमा घर भत्किएपछी दुई घरका ९ जनाको परिवार बिचल्लीमा परेका छन् ।
अहिले उनिहरु छिमेकी बम बहादुर खड्काको घरमा आसय लिएर बसेका छन् । पिडित हिरा खड्काले आखाँबाट आसु झार्दै भन्नुभयो ५ जना साना नानीहरु घरको तलामा सुतीरहेको अवस्थामा घर भत्कीन सुरु भयो । “नानीहरु छोपेर भाग्दा भाग्दै घर उत्ति बेलै पुरै भत्कियो बल्ल बल्ल ज्यान जोगाउन सफल भयौं, रातीको समयमा भएको भए हामी नरहने उहाँले भन्नुभयो । ”
‘अहिले सम्म कसैबाट राहत पाउन सकेका छैनौ, हिजो बेलुका खाएको खानाले अहिले सम्म धानेका छौं, खान पाएका छैनौं पिडित हिरा खड्काले भन्नुभयो ।’

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  २ : ०५ बजे