१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

दाङका बाढिपिडितलाई राहत वितरण सुरु



शरद रेग्मी, दाङ, ३० साउन ।
तुलसीपुर उपमहानगरपालिकाले बाढि प्रभावितहरुलाई सोमबार देखि राहत वितरणको काम सुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका १३ का बाढिपिडितहरुलाई प्रभावित क्षेत्रमै पुगेर राहत प्रदान गरेको हो । राहत प्रदानका क्रममा बाढिपिडितहरुले तत्काल गासवासको व्यवस्थापन गर्न माग गरेका छन् । उनीहरुले आफन्त र छिमेकिको घरमा शरण लिनुपरेको भन्दै राज्यले तत्काल पुनस्र्थापनामा ध्यान दिन समेत आग्रह गरेका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको अगुवाईमा प्रमुख जिल्ला अधिकारी सहित विभिन्न संघ संस्थाको सहयोगमा संकलन भएको राहत ३ दिनपछि पिडितहरुले पाएका छन् । उनीहरुले राहत स्वरुप चामल, दाल, चिउरा, नुन, तेल र त्रिपाल लगायतका सामाग्रीहरु पाएका हुन् । राहत प्रदान गर्न सुरु भएको छ । अव हामि उनीहरुको व्यवस्थापनमा लाग्ने छौ दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार दाङमा ९० घर पूर्ण रुपमा ध्वस्त भएका छन् ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले उद्धार पछि आफुहरु राहतमा लागेको भन्दै मौसमले साथ दिए तत्काल पुनस्र्थापनामा लाग्ने बताउनुभयो ।

उहाँका अनुसार नगरपालिकाले स्थापना गरेको विपद व्यवस्थापन कोष अन्तर्गत काम सुरु गरेको भन्दै उद्धार को काम सकिएकाले अव पिडितहरुको व्यवस्थापन अनि पुनस्र्थापनामा लाग्ने जानकारी दिनुभयो । त्यसैगरी राहत प्रदान गर्न पुग्नु भएका सांसद एवं नेपाली कांग्रेसका नेता डिल्ली बाहादुर चौधरीले बाढि प्रभावित क्षेत्रहरुको पहिचान गरेर अगाडि बढ्ने बताउनुभयो ।
उहाँले पिडितहरुलाई तत्काल व्यवस्थापन गर्न छिमेकि र आफन्तको महत्वपूर्ण भूमिका रहने भन्दै आपतमा परेको वेला सहयोग गर्न समेत अनुरोध गर्नुभयो । तुलसीपुर उद्योग वाणिज्य संघ र यस क्षेत्रका सामाजिक संघसस्थाहरुको पहलमा संकलन भएको राहत सोमबार एक कार्यक्रमका विच वितरण गरिएको हो ।
यता तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरु रावतले यो अभियानमा सहयोग गर्न आम उद्योगी व्यवसायीहरुलाई अपिल समेत गर्नुभएको छ । त्यसैगरी उहाँले विपदमा परेको वेला सहयोग गर्नु सवै नागरिकको दायित्व भएको भन्दै एकद्धार प्रणालि मार्फत राहत संकलन र वितरण भईरहेको समेत जानकारी दिनुभयो । कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष विमल रिजाल, १९ नं वाहिनीका वाहिनीपति विनोद पाण्डे, राप्ती वस समितिका अ्रध्यक्ष सुरेश हमाल, रेडढक्रस सोसाइटिका अध्यक्ष नारायन शर्मा, निमित्त जिल्ला प्रहरी प्रमुख भूवनेश्वर तिवारी, विभिन्न राजनितिक दल, नगर विकास समितिका अध्यक्ष यज्ञ वहादुर केसी, नागरिक समाज दाङका अध्यक्ष टिकाराम रेग्मी, रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मी, लगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  २ : ३१ बजे