१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बाँदर लखेट्ने क्रममा लडेर राष्ट्रिय जनमोर्चाका नेताको निधन



बिष्णु कुमार आले, अर्घाखाँची ३० साउन ।
बाँदर लखट्ने क्रममा लडेर राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका जिल्ला उपाध्यक्ष ६४ बर्षिय जंग बहादुर थापाको ज्यान गएको छ । जिल्लाको मालारानी गाँउपालीका वडा नम्बर ६ निवासी थापाको घर नजिकै बारीमा मकै खान आएको बाँदर धपाउने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
लामो समय पार्टीको जिल्ला उपाध्यक्ष र क्षेत्रिय सदस्य रहनु भएका थापा अर्घा मेहलपानी माबिको संस्थापक हुनुहुन्छ भने उहाँले सडक खानेपानी जस्ता बिकासमा ठुलो योगदान पुराउनु भएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०७४ सोमबार ००:००  ३ : ३९ बजे