१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पहिरोका कारण सिएरा लियोनमा २०५ जनाको मृत्यु



मायादेवी अनलाइन, ३१ साउन ।
सिएरा लियोनमा पहिरोमा परि कम्तिमा दुई सय पाँचजनाको ज्यान गएको छ । राजधानी फ्रिटाउन नजिकै लेदोमाटो सहितको पहिरो जाँदा ठूलो संख्यामा जनधनको क्षति भएको रेड क्रसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । लगातारको वर्षाका कारण रिजेन्ट क्षेत्रको एउटा पहाडमा पहिरो गएको हो । पहिरोले त्यहाँ गएका घरलाई पुरेका स्थानीय अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार सोमबार सबेरै पहिरो गएका बेला धेरै मानिस सुतिरहेकाले ज्यान जानेको संख्या बढी भएको हो ।
पहिरोमा अरु धेरै मानिस पुरिएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने आशंका छ । सिएरा लियोनका उपराष्ट्रपति विक्टर बोकारिए फोहले घटना निकै गम्भीर रहेको बताउनुभएको समाचार संस्था रोयटर्सले जनाएको छ । घटनामा स्थलमा अझै केही मानिस फसेको हुन सक्ने र उनीहरुलाई उद्धारको प्रयास भइरहेको उहाँले बताउनुभयो ।
पहिरो गएको क्षेत्र नजिकको बस्तीका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने खोजी तथा उद्धारको काम भइरहेको उहाँले जानकारी दिनुभएको छ । एजेन्सी

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  १२ : २९ बजे