१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

थाइल्याण्डमा पूर्वराजा दुःखी



काठमाडौं, ३१ साउन ।
पूर्वराजा ज्ञानेन्द्र शाहले तराइमा आउको बाढीबाट धनजनको क्षति भएकोमा दुःख व्यक्त गरेका छन् । थाइल्यान्डमा रहेका पूर्व राजा शाहले एक विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि परेको अबिरल बर्षाले देशको तराईलगायत विभिन्न भू भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले क्षति र्पुयाएकोमा गम्भीर चिन्ता व्यक्त गर्दै विपतको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहात एवं उपचार उपलब्ध गराउन सबैलाई आग्रह गरेका छन् । उनले प्रक्रोप नियन्त्रणका लागि सम्बन्धित पक्षले तदारूकता देखाउनेछ भन्ने विश्वास लिएको विज्ञप्तिमा जनाएका छन् ।

आजको नेपाल समाचार पत्रमा समाचार छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  १ : ३७ बजे