११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

बाढी पहिरोका कारण पूर्वाञ्चलमा ४६ जनाको मृत्यु



विराटनगर, ३१ साउन ।
बाढी पहिरोका कारण अहिलेसम्म पूर्वाञ्चलमा ४६ जनाको ज्यान गएको छ । ईलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुरमा गरी ४६ जनाको ज्यान गएको हो ।
सोमबार बिहानसम्म प्राप्त जानकारी अनुसार बाढीले मोरङमा १५, सुनसरीमा १४, झापामा ११, उदयपुरमा दुई, सप्तरीमा एक गरी ४३ जना तथा पहिरोले पाँचथरमा दुई र ईलाममा एकसहित तीनजनाको ज्यान गएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यस्तै बाढी पहिरोमा परि अहिलेसम्म सुनसरीमा ६, मोरङमा चार, पाँचथरमा तीन, झापामा दुई र सप्तरीमा एकजना बेपत्ता छन् ।
बाढी पहिरोका कारण यी जिल्लाका एक सय ५१ घरमाा पूर्ण क्षति भएको छ भने तीन सय ४० चौपाया मरेका छन् । बाढी प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  ६ : ४७ बजे