६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

आज पनि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध



नवलपरासी, ३१ साउन ।
गत शुक्रबारदेखि नै पटक पटक अवरुद्ध हुँदै आएको पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड गएरातिदेखि पुनः अवरुद्ध भएको छ ।
दाउन्ने सडकखण्डको बीच भागमा मिनीबस फसेका कारण राति २ बजेदेखि सवारी आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय, नवलपरासीले जनाएको छ ।
गएरातिबाटै अवरुद्ध सडक सञ्चालन गर्न पहल भइरहेको छ । तर हिलाम्य सडक भएका कारण फसेको मिनीबस निकाल्न नसक्दा सडक सञ्चालन हुन सकेको छैन ।
गत शुक्रबारदेखि नै बाढी पहिरोका साथै सडक भत्किनेलगायत विभिन्न कारणले शुक्रबारदेखि हालसम्म पटक पटक सो राजमार्ग अवरुद्ध हुँदै आएको हो । अझै पनि सामान्य वर्षा भयो भने दाउन्ने क्षेत्रमा पहिरो जाने खतरा कायमै रहेको छ ।
रासस

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  ६ : ५६ बजे