१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

बाढी पहिरोको वितण्डाबाट मृत्यु हुनेको संख्या ११५ पुग्यो



काठमाडौं, ३१ साउन ।
देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या १ सय १५ पुगेको छ । गृह मन्त्रालयका अनुसार अहिलेसम्म १ सय १५ जनाको ज्यान गएको पुष्टि भएको छ ।
बाढी पहिरोमा ३८ जना बेपत्ता भएका छन् भने २५ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीका अनुसार बाढी प्रभावितको उद्धार तथा राहतका लागि हेलिकप्टर पनि तयारी अवस्थामा राखिएको छ ।
सबै प्रभावितलाई राहत पु¥याउन एकद्वार प्रणाली लागु गरी काम थालिएको उहाँले बताउनुभयो । प्रभावितका बारेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सबै जानकारी हुने हुँदा एकद्वार प्रणालीले राहत वितरण प्रभावकारी हुने उहाँको दाबी छ । तर प्रभावितले भने यो प्रणालीले झन् सकस पारेको गुनासो गरेका छन् ।
पानी पर्न रोकिएको र पानी सुकेका ठाउका बाढी प्रभावित घर फर्किन थालेका छन् । तर अझै पनि डुबान भएका ठाउँका प्रभावितको भने बिचल्ली छ । सरकारले राहत र उद्धारको कामलाई तीब्र पारेको जनाए पनि टालटुले मात्र राहत पाएको प्रभावितले बताएका छन् ।
बाढी र डुबानका कारण विस्थापित भएका धेरैजसोले चिउरा र भुजामा रात बिताएका छन् । बिरामी, बालबालिका र बुढाबुढीको जनजीवन थप कष्टकर बन्दै गएको छ । उनीहरुले तत्कार राहत र उद्धार तथा बासको व्यवस्था गर्न पनि माग गरेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  ७ : ०३ बजे