१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

अबरुद्ध तुलसीपुर–घोराही सडकखण्ड सुचारु



दाङ, ३१ साउन ।
तुलसीपुर घोराही सडक खण्डको मर्मत तीब्र गतिमा भएपछि तीन दिनदेखि अबरुद्ध सडकखण्ड सोमवार रातिदेखि सुचारु भएको छ ।
सडक खण्ड अन्तरगत तुलसीपुर ७ मोतीपुरमा सडक भासिदा तीन दिन देखि यातायात अबरुद्ध रहेको थियो । भासिएको सडकलाई सुचारु गर्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले मर्मत थालेको थियो ।
अवरुद्ध सडकहरु मर्मत गरि सुचारु गर्न तुलसीपुरका मेयर घनश्याम पाण्डे, सासद डिल्ली बहादुर चौधरीको पहल भएपछि निमार्णको कामलाई तिव्रता दिदै रातिदेखि सडक सुचारु भएको निमित्त प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।
१९ नं बाहिनाका सेना, इलाका प्रहरी कार्यालयको प्रहरी , शसस्त्र प्रहरी सुरक्षा बेस क्याम्पका शसस्त्र सडक मर्मतमा लागेका थिए । वाढी र पहिरोका कारण अवरुद्ध रहेको राप्ती राजमार्ग, तुलसीपुर पुरन्धारा सडक, तुलसीपुर घोराही लमही सडकलाई तत्काल मर्मत गरि सुचारु गर्न पहल भएको थियो । जिल्लाको शहरी क्षेत्र जोडने सडकहरु लामो समय अवरुद्ध हुँदा नागरिकहरुले सास्ती पाएका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  ११ : ५८ बजे