३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026

सरकारलाई दंलाउने डाक्टर गोविन्द केसिले अनसन तोडे



काठमाडौं, ३१ साउन ।
२३ दिनदेखि अनसन बसिरहेका डाक्टर गोविन्द केसीले अन्तत्व अनसन स्थगित गरेका छन् । सरकारलाई पटक पटक दंलाउदै आएका केसिले अन्तत्व अनसन तोडेका हुन । तर केसिले विभिन्न ठाउँमा बाढी पहिरो र डुबानका कारण राहत र उद्धारमा खटिनुपर्ने भएकाले त्यसमा सहयोग गर्न भन्दै डाक्टर केसीले अनसन स्थगित गरेको बताएका छन् ।
अनसन बसिरेहेको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा केहीबेर अघि पत्रकार सम्मेलन गरि डाक्टर केसीले बाढीपहिरोका कारण केही दिनका लागि अनसन स्थगित गर्नुपरेको तर आफ्ना माग पूरा नभए बाढीपहिरोपछिको अवस्था सामान्य हुनासाथ फेरि अनसन बस्ने बताएका छन् ।
आफूले राखेका मागमा सरकार गम्भीर हुनुको साटो चलखेल गरेर उम्किन खोजेको भन्दै तत्कालका लागि अनसन स्थागित गर्नु भएको डा.केसीका प्रतिनिधि अभिषेक सिंहले बताए । डाक्टर केसी चिकित्सा शिक्षा सुधारको माग गर्दै ११ औ पटक अनसन बसेको आज २३ औ दिन हो ।

प्रकाशित मिति : ३१ श्रावण २०७४ मंगलबार ००:००  ३ : १२ बजे