६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

दाउन्नेमा विजोग, पूर्व–पश्चिम राजमार्ग २४ घन्टाका लागि बन्द



नवलपरासी, ३२ साउन ।
नवलपरासीको दाउन्नेमा बाढीका कारण सडक भत्किएपछि पूर्व–पश्चिम राजमार्ग २४ घण्टाका लागि सडक बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपरासीले सडक मर्मतका लागि भन्दै मंगलबार राति १० बजेदेखि बुधबार राति १० बजेसम्मका लागि सडक बन्द गराएको हो ।
जिल्ला प्रशासनले सूचना जारी गरेर सडक बन्द गराएपछि सवारीसाधन तथा यात्रु मारमा परेका छन् । यसअघि साना सवारी साधन पास भएको भए पनि ठूला सवारी साधन पास हुन सकेका थिएनन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  ३ : ४८ बजे