१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

प्रधानमन्त्रीको अडानको कारण निर्वाचन आयोग लचिलो



काठमाडौं, ३२ साउन ।
प्रधानमन्त्रीको पटक पटकको आग्रहपछि निर्वाचन आयोग पनि प्रदेशसभा र संघको निर्वाचन एकैपटक गर्न लचिलो भएको छ ।
बुधबार प्रधानमन्त्री कार्यालय सिँहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा दुवै निर्वाचन एकैपटक गर्नुपर्ने अडान राख्नुभएको थियो ।
निर्वाचन आयोगले यसअघिका छलफलमा व्यवस्थापनमा समस्या हुने बताउँदै आए पनि बुधबारको छलफलमा भने सकारात्मक प्रतिक्रिया दिएको थियो ।
“सरकारका तर्फबाट एकैपटक गर्नैपर्ने भनेर पटक पटक आग्रह गरिएपछि आयुक्तज्युहरुले पनि यसमा आयोग लचिलो छ भन्ने जवाफ दिनुभएको रहेछ,” आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भन्नुभयो ।
व्यवस्थापकिय हिसावले निकै कठिनाइ हुने भए पनि प्रधानमन्त्रीले अन्य राजनीतिक दलको सहमति जुटाउने प्रयासस्वरुप आजै बेलुका सर्वदलीय बैठक पनि बोलाउनुभएको छ ।
निर्वाचन आयोग स्रोतका अनुसार आयोगले मंसिरको पहिलोसाता दुवै निर्वाचन एकैपटक गर्न लचिलो भएको छ । आयोगले पनि यसबारेमा थप छलफल गर्ने बताएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  १० : ५३ बजे