१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बाढीका कारण सशस्त्र प्रहरीको पनि विचल्ली, ३६ घर डुबानमा



काठमाडौं, ३२ साउन ।
वर्षापछिको बाढीपहिरोमा परी ज्यान गुमाउनेको शव निकाल्नेदेखि फसेका नागरिकलाई उद्धार गर्दै आएको सशस्त्र प्रहरी बलको समेत बिचल्ली भएको छ ।
बाढीका कारण सशस्त्र प्रहरी बलका ३६ वटा विभिन्न युनिटहरु डुबानमा परेका छन् भने ७ वटा युनिटका सशस्त्र प्रहरी कर्मचारी विस्थापित भएका छन् । सशस्त्र प्रहरी मुख्यालयका अनुसार सुनसरीको सिसुका, सप्तरीको बख्री, मोरङको बुधनगर, सप्तरीको तीलाठी, सुनसरीको वसन्तपुर, रौतहटको सरमजुवा, धनुषाको ठाडीझिजा, रौतहटको गौर, चितवनको बाँदरझुला, चलेश्वरको सुरक्षा गुल्म, बाराको पिपरपाती, सुरक्षा बेस भलहिया रौतहट, सुरक्षा बेस फतुवा रौतहट, रौतहटको देवाही, बाराको सिसुका, बाँके गंगापुरको सुरक्षा बेस क्याम्प, मोरङको कंकालिनीमाई गणलगायत ३६ वटा सशस्त्र प्रहरी बसेका भबनहरु डुबानमा परेका छन् ।
त्यसैगरी बाढी प्रभावित जिल्लाका ७ वटा कार्यालयमा रहेका सशस्त्र प्रहरी विस्थापित भएका छन् । विस्थापित भएका सशस्त्र प्रहरी नजिकै रहेका अन्य प्रहरी कार्यालयमा बसेका छन् भने नजिकै प्रहरी कार्यालय नभएको ठाँउमा विभिन्न सर्वसाधारण तथा सरकारी भवनमा बसेको सशस्त्र मुख्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७४ बुधबार ००:००  १० : ५८ बजे