१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अवरुद्ध दाउन्ने सडकखण्ड सुचारु



वृजराज कुशवाहा, नवलपरासी, १ भदौ ।
विगत ६ दिनदेखि अवरुद्ध रहेको नवलपरासीको दाउन्ने सडक बिहिबार विहान ७ बजेदेखि सञ्चालनमा आएको छ ।
जिल्ला प्रशासनको पहलमा नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीका पचास पचास जना जवान परिचालन गरी हिजो दिनभरीमा डाईभर्सन बनाउने काम गरीएको हो । जिल्ला प्रशासन नवलपरासीले २४ घण्टाका लागि यातायात बन्द गरी सडक मर्मत गरेपछि यातायात सञ्चालनमा आएको हो ।
एक्साभेटरको प्रयोग गरी सडक खोलाउने प्रयास हुदै आएपनि अबिरल वर्षाका कारण लगातार गईरहेको पहिरोले सडक पन्छाउन गाह्रो भईरहेको थियो । लगातारको पहिरोले करीब ६० मीटर पीच सडक भांसिएपछि पुर्वपश्चिमको आवागमन साउन २७ गते गतेदेखि पुर्ण रुपमा ठप्प बनेको थियो ।
अति व्यस्त रहने पुर्वपश्चिमका लागि एकमात्र सडकको रुपमा रहेको यस हाइवेलाई तुरुन्त सञ्चालनमा ल्याउनका लागि जिल्ला प्रशासनले सूचना जारी गरी २४ घण्टाका लागि यातायात बन्द गरी मर्मत कार्य सम्पन्न गरिएको नवलपरासी प्रहरीले बताएको छ ।
सञ्चालनमा ल्याईएको सडकमा एकतर्फी यातायात खोलाईएको छ । दाउन्नेमा पहिरो गएर सडक भांसिदा सडक अवरुद्ध बनेको थियो ।

प्रकाशित मिति : १ भाद्र २०७४ बिहिबार ००:००  ४ : ११ बजे