१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

कपिलवस्तुमा तिजको रौनक छायो, दैनिक तीज विशेष कार्यक्रमको आयोजना



दिपा महत, कपिलवस्तु, २ भदौ ।
तिज आउन ६ दिन बाँकी रहदा कपिलवस्तुमा तिजको रौनकता छाएको छ । यो संगै जिल्लाका विभिन्न स्थानहरुमा तिज विशेष कार्यक्रम दिनहु जसो हुने गरेका छन् । हिन्दुनारीको महान चाड हरितालिका तिज आउन अब एक साता पनि बाकी नहुदा माहोल तिजमय बन्दै गएको हो ।
कपिलवस्तुका बजार तथा फेन्सी पसलहरु तिजका सामाग्रीले भरिएका छन् । साथै तिजको अवसरमा जिल्लामा अवस्थित विभिन्न आमा समुहरु, सहकारी, संघसंस्था, सामुदायिक वन, ब्यूटीपार्लर लगायतका समुहरुहरुले तिजगीत गाउने, दर खाने कार्यक्रम गरिरहेका छन । यसैगरी विभिन्न शिर्षकमा तिजगीत र नृत्य प्रस्तुत गर्ने गरी प्रतियोगिताहरु पनि भैरहेका छन् ।
यसपाली विभिन्न शिक्षण संस्थाहरु समेत प्रतियोगितात्मक तिजगीत कार्यक्रममा जोड दिन थालेका छन् । विगतमा प्रत्येक टोलमा यस्ता कार्यक्रम हुने गरेका भएपनि यसपाली लामो समय देखीको वर्षा तथा खेतीपातीमा भएको ढिलाईले विगत भन्दा कम रौनकता देखिएको भएपनि अब भने तिजको माहोल लगभग तेज बन्दै गएको छ ।
तीज विषेश कार्यक्रमको छायाङ्कन कपिलवस्तुकै पहिलो टेलिभिजन सामुदायिक टेलिभिजन बुद्ध आवाजले गर्दै आएको छ । बुद्धआवाजमा हरेक दिन साँझ विहान र दिउसो तिज विषेश साम्रागीहरु प्रशारण हुदै आएका छन् । जसका कारण आयोजकलाई पनि उत्साह थपिएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  १ : ५७ बजे