१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बंगलादेश र श्रीलंका यु १५ साफ च्याम्पियनसिपमा भिड्दै



काठमाडौं, २ भदौ ।
पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार सातदोबाटोको एन्फा कम्प्लेक्समा समूह ‘ए’का बंगलादेश र श्रीलंकाबिच खेल हुँदैछ ।
अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक सुनिल श्रेष्ठले घरेलु मैदानमा हुन लागेको प्रतियोगितामा आफ्नो टोली विजयी हुने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षक श्रेष्ठले अरु टोलीभन्दा भारत बलियो भएको बताउँदै उनीहरुलाई हराएर सेमिफाइनल हुँदै फाइनलमा पुग्ने लक्ष्य रहेको बताउनुभयो।
उहाँले अर्को महिना नेपालमै हुने १६ वर्षमुनिको च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीलाई यो प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो । समूह ‘बी’मा रहेको नेपालले आफ्नो पहिलो खेल शनिबार माल्दिभ्ससँग खेल्नेछ । नेपालको समूहमा माल्दिभ्स र भारत छन् । त्यस्तै समूह ‘ए’मा बंगलादेश, भुटान र श्रीलंका छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
नेपाली टोलीका कप्तानमा रोशन थापा मगर छन् । टोलीका अधिकांश खेलाडी एन्फा एकेडेमीका हुन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा पाकिस्तानले भने सहभागिता जनाएको छैन । गएको वर्ष पहिलो संस्करण यु–१६ च्याम्पियनसिप भएपछि एएफसीले यस पटकदेखि यु–१५ च्याम्पियनसिपको आयोजना गरेको हो ।

प्रकाशित मिति : २ भाद्र २०७४ शुक्रबार ००:००  २ : ३२ बजे