१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

दुर्गम जिल्लामा चिकित्सक नजानुका पाँच कारण यस्ता !



काठमाडौं, ४ भदौ ।
‘दुर्गममा सेवा-सुविधा मिल्दैन’ नेपाल सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डे सरकारी चिकित्सकको पारि श्रमिक ज्यादै न्यून भएको र कष्ट मोलेर दुर्गममा जाँदा पनि सेवा सुविधामा वृद्धि नहुँदा यस्तो समस्या आएको बताउँछन् । ‘सरकारी स्वास्थ्य संस्थामा संलग्न चिकित्सकले आफ्नै पनि ज्यान जोखिममा पारेर सेवा दिनुपर्छ तर त्यसअनुसार सेवा(सुविधा हुँदैन। त्यसैले पनि चिकित्सक राजधानी वा सुगम छाड्न मान्दैनन् ।
विशेषज्ञ चिकित्सक दुर्गम जान नमानेपछि जाजरकोट अस्पतालमा ११ औं तहको मेडिकल सुपरिन्टेन्डेन्ट हुनुपर्नेमा आठौं तहका डेन्टल अधिकृतलाई त्यसको जिम्मेवारी दिएको दुई वर्ष पुगेको छ । गोदान लामो समयदेखि सरकारी चिकित्सकको सेवा सुविधा वृद्धिको मागसहित आन्दोलनमा छ। सुगममा बस्दा दोहोरो फाइदा चिकित्सक सुगममा बस्दा सरकारी र निजी दुवै स्वास्थ्य संस्थामा सजिलै काम गर्न पाइन्छ ।
जहाँ दोहोरो सुविधा मिल्छ भने अध्ययनका लागि पर्याप्त समय मिल्छ। ‘हाम्रा लागि कामसँगै सेवा (सुविधा र अध्ययन पनि महत्ववपूर्ण हुन्छ । दुर्गममा जाँदा पैसा धरै पाइँदैन । न निजी अस्पतालमा काम गर्न पाइन्छ न त आफूले क्लिनिक खोल्न पाइन्छ’ वीर अस्पतालमा कार्यरत एक चिकित्सक भन्छन् । यसैबाट स्पष्ट छ, ‘अधिकांश विशेषज्ञ चिकित्सक काठमाडौं, चितवन, पोखरामै बस्ने दौडमा छन्।’ ‘विशेषज्ञ चिकित्सकलाई पदको माया छैन । बढुवा भएपछि अनुकूलको ठाउँ छाड्नुपर्ने डरले फारम नै भर्दैनन्,’ उपसचिव खनाल भन्छन, ‘आन्तरिक प्रतियोगिताबाट आवश्यकता अनुसार विशेषज्ञ चिकित्सक लिन हम्मे(हम्मे पर्छ। चिकित्सक सहरमा ५० हजार भाडा तिर्नुपरे पनि बस्न तयार छन् । गाउँमा जान तयार छैनन् ।’ नेतृत्वबाट राजीनामा निजीमा काम गर्ने समय निकाल्न कतिपय चिकित्सकले अस्पतालको नेतृत्व तहबाट राजीनामा दिने गरेका छन् ।
केही साताअघि सेती अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्टले कर्मचारीको गुनासो सम्बोधन गर्न नसकेको बहानामा पदबाट राजीनामा दिए । महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्टले पनि त्यसै गरे । आठौं तहका मेडिकल अधिकृतले पनि सुगममा जान नपाए राजीनामा दिने गरेका उदाहरण छन् । गत वर्ष मन्त्रालयले २ सय १९ जना मेडिकल अधिकृतको विज्ञापन गर्दा लोकसेवा आयोगले वैकल्पिक सूचीमा २ सय ५० जनाको नाम निकाल्यो। अन्तर्वार्तासम्म पुग्दा त्यो संख्या दुई सयमा र्झयो । आफूले भनेजस्तो ठाउँमा जान नपाएको भन्दै १० जनाले नियुक्तिपत्र बुझेनन् ।
विनाजानकारी सेवाबाट गायब सरकारी स्वास्थ्य संस्थामा भनेजस्तो सुविधा नभएको बहानामा कतिपय चिकित्सक विनाजानकारी गायब हुने गरेका छन् । तथ्यांक अनुसार ०७० माघ ५ गतेदेखि ०७३ साल चैतसम्म ८९ जना सरकारी चिकित्सक विनाजानकारी गायब भएका छन् । खनालका अनुसार उनीहरू प्रसिद्धिका लागि सुरुमा सरकारी सेवामा प्रवेश गर्ने भनेजस्तो नभए आधिकारिक जानकारीविनै कि विदेश पलायन हुने कि निजीमा प्रवेश गर्छन् । चिकित्सकले काम छाडेको जानकारी सम्बन्धित संस्थाले मन्त्रालयमा खबर दिन ढिलो गर्दा पनि समयमै पदपूर्ति गर्न समस्या परेको छ ।
विशेषज्ञ चिकित्सकको कहाँ अभाव ?
-सुनसरीको इनरुवा अस्पताल
-सप्तरीको सगरमाथा अञ्चल अस्पताल
-संखुवासभाको खाँदबारी अस्पताल
-पाल्पाको रामपुर अस्पताल
-बागलुङको धौलागिरि अञ्चल अस्पताल
-नवलपरासीको परासी अस्पताल
-रौतहटको गौर अस्पताल
-सिरहाको सिरहा अस्पताल
-जाजरकोट जिल्ला अस्पताल जाजरकोट
-कैलालीको टीकापुर अस्पताल
-भैरहवाको भीम अस्पताल
-कञ्चनपुरको महाकाली अञ्चल अस्पताल
-डडेलधुरा उपक्षेत्रीय अस्पताल

आजको अन्नपूर्ण पोस्ट्मा दीपा दाहालले समाचार लेख्नुभएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  २ : २० बजे