१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

लागुऔषध सहित रुपन्देहीमा तीनजना पक्राउ



रुपन्देही, ४ भदौ ।
रुपन्देहीमा प्रहरीले अबैध लागुऔषध सहित तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर–२ का २० वर्षका मनोज हरिजन, नवलपरासीको बञ्जरीया–५ का २५ वर्षका बिन्दाकुमारी कामी र नवलपरासीको सरावल गाउँपालिका–१ का १८ वर्षका जगजीवन बिक पक्राउ परेका हुन् ।
उनीहरुलाई लागुऔषध ब्राउन सुगर, फेनारगन, डाइजेपामसहित पक्राउ गरिएको हो । उनीहरुलाई कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  २ : ५१ बजे