८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

तीन युवतीको बेलहिया नाकाबाट उद्धार



रुपन्देही, ४ भदौ ।
रुपन्देहीको बेलहिया नाकाबाट तीनजना युवतीको उद्धार गरिएको छ । प्रहरीका अनुसार नुवाकोटका दुईजना र मकवानपुरकी एक युवतीलाई नेपाल–भारत सीमा नाकाबाट उद्धार गरिएको हो ।
उनीलाई ओमान र दुबई लैजान्छु भन्दै राजीब श्रेष्ठ, हर्के राई र नबिन भन्ने व्यक्तिले प्रलोभन देखाएर भारतबाट आएका महेसकुमार गुप्ता र अनु खानको जिम्मा लगाउन थालेको प्रहरीले बताएको छ । युवतीको उद्धार भएपनि आरोपी भने पक्राउ परेका छैनन् ।

प्रकाशित मिति : ४ भाद्र २०७४ आइतबार ००:००  ५ : ४० बजे