१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

विद्युत् सेवा सञ्चालन भएको एक दिन नबित्दै फेरि अवरुद्ध



गुल्मी, ५ भदौ ।
गुल्मीको परोपकार सहकारी लघु जलविद्युत् परियोजनाको विद्युत् सेवा फेरि अवरुद्ध भएको छ ।
मुसीकोट नगरपालिका–७ को बसेरीमा करिब ३० मिटर नहर भत्किँदा विद्युत् सेवा फेरि अवरुद्ध भएको हो ।
एक सय ३५ किलोवाट क्षमता भएको विद्युत् परियोजना अवरुद्ध भएसँगै नगरपालिकाका वडा नं १, २, ८ का झण्डै एक हजार २०० घरधुरीका उपभोक्ता अन्धकारमा बस्न बाध्य भएका छन् भने विभिन्न उद्योगधन्दा, कलकारखानासमेत ठप्प भएका छन् ।
एक हप्ताअघि अवरुद्ध विद्युत् ३ गते सञ्चालनमा ल्याइए पनि आइतबारदेखि पुनःअवरुद्ध भएको छ । विद्युत् सेवा सञ्चालन गर्न केही दिन लाग्ने विद्युत् सञ्चालक समितिका अध्यक्ष धन्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति : ५ भाद्र २०७४ सोमबार ००:००  ३ : १८ बजे