१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कपाल काट्ने घट्ना रुपन्देहीका सीमा क्षेत्रमा पनि



भैरहवा, भाद्र ५ ।

रुपन्देहीमा केही पत्यार नलाग्ने खालका घटना सार्बजनिक भएका छन् । रुपन्देहीको सीमा क्षेत्रमा दुई युवतीको स्वतःस्फूर्त ढंग कपाल काटिदा मुर्छित भएको अपत्यारिलो घटना अहिले सबै तर्फ फैलिएको छ ।

रुपन्देहीको पश्चिमी क्षेत्र लुम्बिनी साँस्कृतिक नगरपालिका कालीदह गाँउमा शुक्रवार दुई युवतीको घरपरिवारका अगाडी चार ईन्चको कपाल अकस्माद कटेर भूईमा खस्ने बित्तिकै मुर्छित भएको घटना यथार्थमा परिणत भएको हो ।

स्थानीय प्रत्यक्षदर्शिले दिएको सुचना अनुसार लुम्बिनी साास्कृतिक नगरपालिका वडा नं. स्थित कालीदह बस्ने किशोर यादवको छोरी १९ बर्षीया गंगा यादवको शुक्रवार बिहानै सात बजे अकस्माद कपालको टुप्पो कटेर खसे पछि उनी अचेत भएकी थिईन । उनको अहिले भारतको ककरहवा स्थित निजी क्लिीनिकमा उपचार भईरहेको छ ।

त्यसै सोही गाँउ बस्ने घरभरन यादवको २१ बर्षीया बबिता यादवको शुक्रवार बिहानै साँझ साढे ६ बजे कपाल काटिएर भूईमा झरे पछि उनी पनि अचेत भएकी थिईन ।

बिरामी यादवको बोली बन्द भई सक्दा पनि ईशाराले टाउको दुख्ने प्रतिक्रिया जनाए पछि सामान रुपमा सलाईन पानी चढाउने गरेको उपचारमा संलग्न चिकित्सिक मोहम्मदजमा ले बताउनुभयो ।

त्यति मात्र नभई शनिवार दिउसो चार बजे लुम्बिनी साँस्कृतिक नगरपालिका २ भुजहिया बस्ने प्रहलाद यादवको बुहारी ३५ बर्षीया शान्ती यादव, सम्मरीमाई गाँउपालिका वडा नं. ३ थुम्हवापिपरहवा निवासी ४० बर्षीया मैनाधवल, लुसाँनपा १३ बस्ने पूजारी यादवको १६ बर्षीया छोरी अनिता यादव ,लुसाँनपा वडा नं. १३ ओडवलिया बस्ने राजेश यादवको श्रीमती चन्द्रकला यादवको पनि अकस्मात कपाल काटिएको घटनाले अचेत भए पछि प्रहरी तथा स्थानीयको सहयोगमा एम्बुलेन्स मार्फत भीम अस्पताल भैरहवा पठाईएको प्रहरी चौकी कालीदहका ईन्चार्ज चिन्तामणि न्यौपानेले जानकारी गराउनु भयो ।

अकस्मात कपाल काटिएको घटनाले बिरामीहरु त्रसित भई सके पछि सामान्य सलाईन पानी चढाए पछि कतिपय निको भई घर फर्कि सकेको र केहीको उपचार जारी रहेको उपचारमा संलग्न भीम अस्पतालका चिकित्सक सुर्दशन ज्ञवालीले बताउनुभयो ।

घटना पछि स्थिानीयले घरको ढोकामा नीबु, खुर्सानी र नीमको पात झुण्डयाउन थालेको लुम्बिनी सास्कृतिक नगरपालिकाका समाजसेवी रामलखन यादवले बताउनुभयो ।

प्रकाशित मिति : ५ भाद्र २०७४ सोमबार ००:००  १२ : ४१ बजे