१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

दाङका प्रहरी उपरिक्षकको ट्राफिक प्रहरी जवान माथी नै एक्सन !



दाङ ६ भदौ ।
दाङमा एक जना ट्राफिक प्रहरी जवानलाई सवारी चालक सँग विना रसिद असुलेको रकम सहित प्रहरी प्रमुखले नियन्त्रणमा लिनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान गोपालराज कुँवरलाई चालक सँग बिना रसिद असुलेको ७ सय रुपैयाँ सहित जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा चन्दले नियन्त्रणमा लिनसभएको हो ।
घोराहीको शहिद गेटमा डिउटीमा खटिएका प्रहरी जवान कुँवरले एउटा ट्रक सँग रुटपरमिट नभएको भन्दै दुई सय र एउटा मोटरसाईकल चालक सँग लाईसेन्स नभएको भन्दै ५ सय रुपैयाँ असुलेको पाईएको छ ।
जरिवना भन्दै बिना रसिद रकम असुलेको आफुलाई सूचना आएपछि आफै गएर डिउटीमा खटिएका जवानलाई नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिनुभयो ।
नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि सोधपुछ गर्दा ७ सय रुपैयाँ असुलेको पाईएको र उनलाई कार्वाहीका लागि निलम्वन गरिएको एसपी सिंहले बताउनु भयो । ६ महिनालाई निलम्बन गरिएको र सो अबधीमा आबस्यक बिभागिय छानविन हुने र त्यस पछि कार्वाहीको टुंगो लाग्ने एसपी सिंहको भनाई छ ।
हिजो बिहान ६ बजे देखी १० बजे सम्म कुँवरलाई जिल्ला ट्राफिकले शहिद गेटमा डिउटी खटाएको थियो । केही दिन पहिले अञ्चल प्रहरी गुल्म भेरीबाट काजमा दाङ आएका कुँवर आज पहिलो पटक बाहिरी डिउटीमा खटिएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : ६ भाद्र २०७४ मंगलबार ००:००  ११ : ४० बजे