१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

यु १५ साफ च्याम्पियन्ससिपमा नेपाल बंगलादेश संग भिड्दै



काठमाडौं, ९ भदौ ।
१५ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको सेमिफाइनलमा शुक्रबार नेपालले बंगलादेशसँग खेल्दैछ ।
घरेलु मैदानमा भइरहेको प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको नेपालले समूह विजेता बन्दै सेमिफाइनल पुगेको बंगलादेशको चुनौती सामना गर्नुपर्ने भएको हो । नेपाल समूहको उपविजेता र बंगलादेश समुह विजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।
अर्को सेमिफाइनलमा भारत र भुटान खेल्नेछन् । नेपाल र बंगलादेशको खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुनेछ भने भारत र भुटानको खेल हल्चोकमा रहेको सशस्त्र प्रहरीको मैदानमा हुनेछ । दुवै खेल दिउँसो ३ बजेपछि शुरु हुनेछन् ।

प्रकाशित मिति : ९ भाद्र २०७४ शुक्रबार ००:००  ४ : ०६ बजे