१५ आश्विन २०७९, शनिबार | Sat Oct 1 2022

तीन जिल्ला हेर्ने गरी प्राधिकरणको कार्यालय स्थापित



गुल्मी, ९ भदौ ।
सदरमुकाम तम्घासमा राष्ट्रिय पुनर्निमाण प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालय स्थापना भएको छ ।
राष्ट्रिय पुनर्निमाण प्राधिकरण निर्देशन समितिको दशाँै बैठकको निर्णयानुसार पाल्पा, अर्घाखाँची र गुल्मी हेर्ने गरी गुल्मीमा कार्यालय स्थापना गरिएको हो ।
नेपाल सरकार सचिवस्तरको निर्णयानुसार कार्यालयको दैनिक कार्य संचालन गर्न आर्थिक एवं प्रशासनिक अधिकारसहित इ रामआशिष दासलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी प्रदान गरी पठाइएको प्रजिअ कृष्णप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।
प्राधिकरणको पाँचवर्षे अवधिमध्ये बाँकी तीन वर्षका अवधिमा प्राधिकरणबाट तीन जिल्लामा संचालित केन्द्रीय आयोजना, संस्कृति पर्यटन, संघीय मामिला, शहरी विकास, शिक्षा, स्वास्थ्य लगायत कार्यालयमा संचालित योजनाको अनुगमन, मूल्यांकन र समन्वय गरिने दासले बताउनुभयो ।
उपसचिवस्तरको दरबन्दी रहेको उक्त प्रधिकरणमा हाल इन्जिनियर सहित १६ कर्मचारी रहने व्यवस्था छ । भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेका घरमध्ये पाल्पामा चार हजार ६५२, अर्घाखाँचीमा एक हजार ३६ र गुल्मीमा चार हजार १४४ रहेको प्राधिकरण जिल्ला समन्वय समितिको कार्यालयले जनाएको छ । रासस

प्रकाशित मिति : ९ भाद्र २०७४ शुक्रबार ००:००  १२ : ५० बजे