१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कावासोतीमा प्रधानन्यायाधीश पराजुलीलाई नागरिक अभिनन्दन



नवलपरासी, ९ भदौ ।
प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीलाई शुक्रबार कावासोतीमा नागरिक अभिनन्दन गरिएको छ । कावासोती नगरपालिका, पराजुली समाज, अमरापुरी खानेपानी लगायतका संघसंस्थाहरुले छुट्टा छुट्टै अभिनन्दन गरेका हुन् । अभिनन्दनको क्रममा प्रधानन्यायाधीश पराजुलीलाई हात्तीमा चढाएर नगर परिक्रमा गराइएको थियो ।
कावासोती नगरपालिकामा भएको अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानन्यायाधीश पराजुलीले नागरिकको अधिकार संविधानमा सुनिश्चित भएकाले नागरिकको अधिकारप्रति सवै सचेत हुनुपर्ने बताउनुभयो ।
संविधान भन्दा माथि कोही पनि नरहेको बताउँदै उनले स्थानीय तहको निर्वाचनबाट निर्वा्चित उपप्रमुख र उपाध्यक्षले न्यायाधीशको हैसियतले अन्यायमा परेकालाई न्याय दिलाउनेमा आफू विश्वास्त रहेको बताउनुभयो ।
उहाले नवलपरासीको नवलपुर क्षेत्र छुट्टै जिल्ला भएको र अब छिट्टै कावासोती सदरमुकाम बन्ने समेत बताउनुभयो ।

प्रकाशित मिति : ९ भाद्र २०७४ शुक्रबार ००:००  १२ : ५४ बजे