१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

गण्डक बाँध भत्काउन फेरी उर्लिए सुस्ताबासी !



वृजराज कुशवाहा, नवलपरासी ९ भदौ ।
नवलपरासी जिल्लामा डुबानमा परेका सुस्तावासीले मूख्य पश्चिमी गण्डक नहरको बाँध शुक्रबार फेरी भत्काएका छन् । गएको भदौ १ गतेका दिन भारतीय नहरको सोही बाँध भत्काई रहदा जिल्ला प्रशासनले रोकेपछि एक साताभित्र समस्या समाधान गर्ने भनी त्रिपक्षिय सहमति भएको थियो ।
सो सहमति कार्यान्यवनमा नआएपछि तीन सय बढीको संख्यामा आएका स्थानीयवासीले बाँध भत्काउन थालेपछि स्थिती नियन्त्रणमा लिन इलाका प्रशासन कार्यालय बेलाटारीलाइ हम्मेहम्मे परेको थियो ।
घटनास्थल पुगेका प्रमुख जिल्ला अधिकारी उदय बहादुर राना मगरले आउँदो आइतवारसम्म टुंगो लगाउने वचनबद्धता जनाएपछि स्थिती साम्य भएको छ । प्रजिअ राना मगरले आउँदो आइतवार जिल्ला प्रशासन कार्यालय परासीमा बस्ने त्रिपक्षीय बैठकमा भारतीय पक्षलाई समेत उपस्थित गराउने विश्वास दिलाउनु भएको छ ।
सुस्ता गाउँपालिकाको वडा नं. १ र २ का गाउँबस्ती डुबानमा परेपछि सो बांध भत्काउँदा नहरको सञ्चालन विगत ९ दिनदेखि ठप्प भएको छ । नहर बन्द हुदा १५ मेगावाट क्षमतामा रहेको गण्डक जलविद्युत केन्द्र सुरजपुराको विद्युत उत्पादन ठप्प हुदा नेपाल सरकारले दैनिक १० लाख बढी क्षति व्यहोर्नु परेको छ ।

प्रकाशित मिति : ९ भाद्र २०७४ शुक्रबार ००:००  ३ : ५९ बजे