६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

उत्तर कोरियाले फेरि र्गयो मिसाइल परीक्षण



उत्तर कोरिया, १० भदौ ।
उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाले एक भन्दा बढी प्रोजेक्टाइल पूर्वी तटीय क्षेत्रमा प्रहार गरेको दक्षिण कोरियाका अधिकारीले बताएका छन् । गंग्वोन प्रान्तको तटीय क्षेत्रबाट उत्तर कोरियाले मिसाइल परीक्षण गरेको र त्यो मिसाइल दुई सय ५० किलोमिटरसम्म पर पुगेको दक्षिण कोरियाका अधिकारीले दाबी गरेका छन् । उत्तर कोरियाले गएको महिना अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहार गरेपछि कोरिया प्रायद्विपमा तनाव बढेको छ ।
त्यसलगतै अमेरिकाको पहलमा संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथिको प्रतिबन्ध कडा पारेको छ । अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षणपछिको परिस्थितिमा उत्तर कोरियाले प्रशान्त महासागरमा रहेको अमेरिकी भूमि गुआममा परमाणु आक्रमण गर्ने चेतावनी पनि दिएको थियो । तर उत्तर कोरियाले पछिल्लो पटक परीक्षण गरेको मिसाइल गुआमका लागि कुनै चुनौती नरहेको अमेरिकी सेनाले जनाएको छ ।
उत्तर कोरियाले शनिबार बिहान तीनवटा मिसाइ प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ । उत्तर कोरिायाले पहिलो मिसाइल शनिबार बिहान साढे दुई बजे प्रहार गरेको दक्षिण कोरियाको रक्षा मन्त्रालयलले जनाएको छ । त्यसको ३० मिनेट भित्रमा थप दुईवटा मिसाइल प्रहार भएको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७४ शनिबार ००:००  १ : ५८ बजे