१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

स्वदेशमै रोजगारी दिइन्छ : श्रमराज्यमन्त्री



शरद रेग्मी, दाङ, १० भदौ ।
श्रम राज्यमन्त्री डिल्ली चौधरीले स्वदेशमै उद्योग कलकारखानाको स्थापना गरी रोजगारीको सिर्जना गर्ने तर्फ सरकार लागेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब दाङले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा राज्यमन्त्री चौधरीले युवालाई मुलुकभित्र विभिन्न तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरी वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउँदै लैजाने उल्लेख गर्नुभयो ।
उहाँले सरकारको पहिलो प्राथमिकता चुनाव भएको भन्दै सबै तहका चुनाव सम्पन्न गरी संविधान कार्यान्वयनसँगै देशमा आर्थिक विकास गरिने छ भन्नुभयो । राज्यमन्त्री चौधरीले दाङमा रहेको टरिगाँउ विमानस्थलको स्तरोन्नती गरी यसलाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको रुपमा विकास गर्न पहल भइरहेको बताउनुभयो ।

प्रकाशित मिति : १० भाद्र २०७४ शनिबार ००:००  १० : २८ बजे