७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कश्मीरमा आत्मघाती आक्रमण ८ भारतीय सुरक्षाकर्मीको मृत्यु



भदौ ११ ।
भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण हुँदा आठजना सुरक्षाकर्मीको ज्यान गएको छ । कश्मीरको पुलवामा जिल्लामा रहेको प्रहरी परिसरमा विद्रोही संगठनले आत्मघाती आक्रमण गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आक्रमणपछि त्यहाँ रहेका प्रहरीका परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । प्रहरी परिसरमा विद्रोहीले अन्धाधुन्ध गोली प्रहार गरेको र त्यसपछि आत्मघाती आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणमा केही प्रहरी गम्भीर घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रहरीसँगको मुठभेडमा दुईजना विद्रोही लडाकु पनि मारिएका छन् । प्रहरीका अनुसार गोली प्रहार काश्मिरमा प्रहरीले सात महिना अघिदेखि विद्रोही विरुद्ध अभियान चलाएको छ । अभियानका क्रममा अहिलेसम्म एक सय ४० जना भन्दा धेरै विद्रोही लडाकु मारिएको प्रहरीको दाबी छ ।

प्रकाशित मिति : ११ भाद्र २०७४ आइतबार ००:००  ७ : ३२ बजे