१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

दुइवटा एकसिंगे गैडा नवलपरासीको सुस्तामा भेटिए



वृजराज कुशवाहा १२ भदौ, नवलपरासी ।
राष्ट्रिय निकुञ्जबाट बगेर नारायणी नदीमा आएका दुइवटा एकसिंगे गैंडाहरु सुस्तामा फेला गरेका छन् ।
बगेर आएका ती गैंडाहरु नवलपरासीको सुस्ता गाउंपालिकाको वडा नं. ५ को चन्द्रगञ्जमा फेला परेको स्थानीयवासीले जनाएका छन् । गैंडाहरु गाउंका वारीपरी घुमीरहेकाले स्थानीयवासी त्रसित बनेका छन् ।
आफुहरु जोखिमममा रहेको तथा गैंडाका कारण घर बाहिर निस्कन नसकेको बताएका छन् । गैंडा गाउं पस्ने हो कि भन्ने डरले प्रहरी गैंडाको निगरानी गरिरहेको रामनगर प्रहरी चौकीका प्रसनी भीम बहादुर चौधरीले बताउनु भयो । उहाले भने निकुञ्ज तथा वन कार्यालयलाई जानकारी गराईसकिएको बताउनुभयो ।

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  ४ : ३१ बजे