८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

दसैँका लागि यातायात व्यवसायीले नयाँ गाडी नथप्ने



काठमाडौं, १२ भदौ ।
यसपालिको दसैँका लागि व्यवसायीले नयाँ गाडी नथप्ने भएका छन् । पुराना गाडीकै मर्मत गरेर दसैँमा सञ्चालन गर्ने तयारी भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।
लगानीको वातारण नबनेका कारण नयाँ गाडी खरिद गर्न नसकेको यातायात व्यवसायीले बताएका छन् । दसैँ आउन एक महिना मात्र बाँकी रहे पनि सरकारसँग कुरा नमिलेको भन्दै महासंघले अझै टिकट बुकिङ खुलाएको छैन ।
लामो रुटका गाडीको भाडादर पुरानै भएकाले वैज्ञानिक समायोजन गर्नुपर्ने महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।
इन्धनको भाउ घट्नासाथ भाडा घटाउने गरिएको तर गाडीको पार्टपुर्जा र लुब्रि केन्ट्सको भाउ बढेका आधारमा भाडा नबढ्दा मर्का परेको उहाँको भनाई छ ।
यस्तै व्यवसायीले दसैँमा चल्ने गाडीमा छत राख्न पाउनुपर्ने माग पनि गरेका छन् । बसभित्र सामान राख्दा कोचाकोच हुने हुँदा छतमा सामान राख्न पाउनुपर्ने व्यवसायीको तर्क छ । सरकारले अहिले छतमा यात्रु र कुनै पनि सामान राख्न रोक लगाएको छ ।
यसैबीच नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैँका लागि घर जानेहरुका लागि आउँदो बिहीबार टुंगो लाग्ने जनाएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७४ सोमबार ००:००  ४ : ४८ बजे