१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

अर्घाखाँचीमा भाइरल ज्वरोको बिरामी तेब्बरले बढे



अर्घाखाँची, १३ भदौ ।
अर्घाखाँचीमा पछिल्लो समयमा भाइरल ज्वरोका बिरामीको संख्या ह्वातै बढेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको छ । भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा पछिल्लो एक हप्तामा तेब्बरले वृद्धि भएको जिल्ला अस्पतालले जनाएको छ ।
अहिले दैनिक रुपमा जिल्ला अस्पतालको ओपिडीमा एक सय २० देखि एक सय ५० भन्दा बढी र इमरजेनसीमा दैनिक ५० देखि ७० जना गरी दुई सयदेखि २ सय २० जना भाइरलका बिरामी अस्पतालमा आउने गरेको जिल्ला अस्पतालका डा. जगन्नाथ तिवारीले बताउनुभयो ।
१५ सैयाको जिल्ला अस्पतालमा भुइँ तथा बेन्चमा गरी ४० जनाको भर्ना गरेर उपचार गरिरहेको उहाँको भनाई छ । अहिले देखिएको समस्या मौसमी भएको भन्दै डा. तिवारीले माक्स लगाएर हिँड्न, साबुन पानीले हात धुन र भीडभाडमा नजान आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७४ मंगलबार ००:००  ४ : २९ बजे